Skip to content

वर्षा प्रभावितलाई सहयोग र समन्वयमा खट्न गगनको पार्टी पङ्तिमा आग्रह

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षाबाट प्रभावित नागरिकलाई सहयोग र समन्वय गर्न पार्टी पङ्तिलाई आग्रह गरेका छन् ।

विगत तीनदेखि देशभर वर्षा भइरहेको छ । निरन्तरको वर्षाले पहिरोमा परि बागलुङमा चार जनाको मृत्यु भएको छ । देश विभिन्न स्थानमा खोलाले पुल बगाएको छ । अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा भएको उल्लेख गर्दैै सभापति थापाले आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्न आग्रह गरेका छन् ।

मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न निर्वाचन समितिले पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार