Skip to content

३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सचिव बढुवाको तयारी गरेको स्रोतले जनाएको छ । यसअघि नै बढुवा समितिले प्रशासनतर्फबाट आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सिफारिस गरिसकेको छ ।

यसैगरी प्राविधिकतर्फ डा। जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ सचिव बढुका लागि सिफारिस भएका छन् । प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार