काठमाडौं । गायिका रचना रिमालले स्नातक तहको पढाइ पूरा गरेकी छन्। गायनमा सक्रिय रहँदै अध्ययनलाई निरन्तरता दिएकी रिमालले चारवर्षे स्नातक तह उत्तीर्ण गरेकी हुन्।
चौथो वर्षको परीक्षाफल सार्वजनिक हुँदा प्राविधिक त्रुटिका कारण उनका केही विषयमा ‘अनुपस्थित’ देखिएको थियो। पछि नतिजा सच्याएर पुनः सार्वजनिक गरिएपछि रिमाल सबै विषयमा उत्तीर्ण भएको खुलेको हो।
संगीत र अध्ययनलाई सँगसँगै अघि बढाएकी रिमालले आफ्नो शैक्षिक यात्रा सफलतापूर्वक पूरा गर्न सकेकोमा खुसी व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत परिवार, शिक्षक, सहपाठी तथा आफूलाई साथ दिने सबैप्रति धन्यवाद दिएकी छन्।
गायनसँगै आगामी दिनमा पनि आफ्नो अध्ययनलाई निरन्तरता दिने रिमालको योजना छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्