Skip to content

सुनको भाउमा पहिरो, दुई दिनमै ८ हजार ८ सय रुपैयाँ घट्यो

कालोपाटी

११ मिनेट अगाडि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। पछिल्लो दुई दिनमा सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार पनि सुनको मूल्य ५ हजार रुपैयाँले घटेको थियो। सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार