काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सिनेट बैठक आगामी असोज २२ गते बस्ने भएको छ। विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न बैठक बोलाउन लागिएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिएका छन्।
त्रिवि सभा बैठक २०८३ असारभित्रै बस्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको थिएन। बैठक बस्न नसक्दा सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेट अघि बढ्न नसकी अन्योल सिर्जना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद–१७ मा सभाको वार्षिक दिवस बैठक तथा साधारण बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिनअघि सूचना, कार्यसूची र प्रस्तावहरू सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर, असोज २२ गतेका लागि प्रस्तावित सभा बैठकबारे हालसम्म सदस्यहरूलाई औपचारिक जानकारीसमेत नगराइएको जोशीको दाबी छ।
जोशीले विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको वर्षौँको अध्ययन, मेहनत र शैक्षिक यात्रासँग जोडिएको महत्वपूर्ण प्रक्रिया रहेको बताएका छन्। विद्यार्थीले आफ्नो मेहनतबाट हासिल गरेको उपाधिलाई औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रिया, नीति तथा कार्यक्रम र वार्षिक बजेटजस्ता महत्वपूर्ण विषयलाई नियमित प्रक्रियाअनुसार अघि बढाउनुपर्ने उनको भनाइ छ।
नियमित प्रक्रिया पालना नगरी यस्ता महत्वपूर्ण विषय अघि बढाउन खोज्दा विश्वविद्यालयको प्राज्ञिक मर्यादा र संस्थागत प्रक्रियामाथि प्रश्न उठ्ने जोशीले बताएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्