Skip to content

राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ।

बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यान लगायतका जिल्लाहरूमा कार्यरत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएका समाचार सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि मन्त्रालयले यो कदम चालेको हो।

​मन्त्रालयद्वारा जारी निर्देशन अनुसार शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) को कानुनी प्रावधान विपरीत रहेको छ।

तसर्थ,आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकहरूको पहिचान गरी थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँगको समन्वयमा नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउन मन्त्रालयले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार