काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँमा झरेको हो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ४ हजार ४५० रुपैयाँ रहेको चाँदी आज तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्