काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बालेन सरकार नढल्ने दाबी गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिँदै उनले भने, ‘सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर चैँ ढल्छ ।’
सरकार ढाल्ने उपाय भनेको चुनाव मात्र रहेको भन्दै उनले आन्दोलनबाट सरकार ढाल्ने सपना नदेख्न चेतावनी दिए । आफूहरुले काम गर्न नसकेको अवस्थामा आगामी निर्वाचनबाट पराजित गर्न आग्रह गर्दै उनले भने, ‘म रास्वपाकै कार्यकर्तालाई भन्छु, हामीले ५ वर्षमा काम गर्न सकेनौँ भने पार्टी सदस्यता त्यागेर जानुहोला ।’
जनताको विश्वासमा आँच आउन नदिने भन्दै सभापति लामिछानेले परिवर्तनको रक्षा गर्दै जनताको पक्षमा काम कागजमा नभएर व्यवहारमा गरेर देखाउने बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्