Skip to content

शेयर बजार दोहोरो अङ्कले घट्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २०.४८ अङ्कले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको छ ।

आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज २४२ वटा कम्पनीको शेयर घटेकोमा ३२ वटाको बढेको छ । यस्तै ४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज ५ वटा कम्पनीको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन स्टान्डर्ड चार्टर्ड बैंकको डिबेन्चर ५.७५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३५९ वटा कम्पनीको ९० लाख कित्ता शेयर ३ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार