Skip to content

दल त्याग गरेपछि भोजपुर र कपिलवस्तुका ४ जनप्रतिनिधिको पद रिक्त

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको छ।

निर्वाचन आयोगले असोज २२ गते निर्णय गर्दै ती पदहरू रिक्त भएको जानकारी गराएको हो।

वि।सं। २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय सचिवालयले कारबाहीको निर्णयसहित आयोगमा जानकारी गराएको थियो। सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त गरिएको आयोगले जनाएको छ।

पदमुक्त हुनेहरूमा कोशी प्रदेशको भोजपुर जिल्लास्थित भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र भोजपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नविन प्रधान रहेका छन्।

यसै गरी लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लास्थित विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र विजयनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अनवर मोहमद मुसलमानको पद पनि रिक्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार