काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१.५४ अङ्कले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ । हिजो नेप्से ३३ अङ्कले बढेको थियो ।
आज सबै समूहको उपसूचक बढेकोमा बैंक, होटल तथा पर्यटन र अन्य समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज १८१ वटा कम्पनीको शेयर बढेकोमा ९१ वटाको घटेको छ । ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज बेनी हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीका २ करोड ३२ लाख कित्ता शेयर ८ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्