Skip to content

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि कारबाही गरिएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार आइतबार बिहान ६ बजेसम्म मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ८४ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, सीसीटीभीबाट ५, ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३, लेन अनुशासन पालना नगर्ने १ र सवारीसाधनको अवस्था ठीक नभएका २ जनामाथि कारबाही गरिएको छ।

अन्य ट्राफिक नियम उल्लङ्घनमा ५६ सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार