Skip to content

नेपालले बंगलादेशसँग लर्ड्समा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ‘क्रिकेटको घर’को रूपमा परिचित लन्डनस्थित विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।

मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) लर्ड्सले नेपालको इङ्ल्यान्ड भ्रमणअन्तर्गत आगामी जुन ३ मा उक्त खेल आयोजना गर्न लागेको बिहीबार त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेपालले बंगलादेशसँगै आयरल्यान्ड र स्कटल्यान्डविरुद्ध पनि टी–२० तथा एकदिवसीय खेल खेल्ने तालिका छ । ती खेलहरू वर्मस्ली र बेकेनहम क्रिकेट मैदानमा जुन १ देखि १२ तारिखबीच सञ्चालन हुनेछन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार