Skip to content

धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)

कालोपाटी

८ घण्टा अगाडि

धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान ।

स्याङ्जामा कुल ३४ हजार ८१६ हेक्टर खेतीयोग्य जमिन रहेकामा २ हजार ७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको कृषि विकास कार्यालय स्याङ्जाको तथ्यांक छ ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ३५ हजार ४१७ मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँका किसानले जनकदेव, खुमल उज्ज्वल, कार्डिनल, एमएस ४५ र रोजिटाललगायत जातका आलु खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार