काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेकका प्रतियोगिताको टिकट बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।
क्यानले नेपालमा आयोजना हुने आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको दुई वर्षे विशेष टिकेटिङ अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
बोलपत्रदाताले १० हजार रुपैयाँ दस्तुर तिरेर आउँदो सोमवार नोभेम्बर ३० सम्म मूलपानीमा रहेको क्यानको कार्यालय वा वेबसाइटबाट फराम लिन सक्नेछन् ।
सिलबन्दी बोलपत्र आउँदो डिसेम्बर १ दिउँसो १२ बजेसम्म कार्यालयमा दर्ता गराइसक्नुपर्ने र त्यही दिन दिउँसो १ बजे खोलिने क्यानले जनाएको छ ।
बोलपत्र पेश गर्दा ९० दिन मान्य अवधि रहने गरी न्यूनतम १४ लाख रुपैयाँको बोलपत्र जमानत बुझाउनुपर्नेछ । यस जमानतको म्याद बोलपत्रको मान्य अवधिभन्दा थप ३० दिन पछिसम्म हुनुपर्ने प्रावधान राखिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्