काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चीनको ग्वाङ्दोङ स्थायी वतन भएकी ४५ वर्षीया लिन लिना र ग्वाङ्दोङकै ३५ वर्षीया लिन जिनपिङ छन् । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको तथा आजै उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, उनीहरु हिजो राति ११ः१५ बजे ‘क्याथे प्यासिफिक’ एयरलाइन्स हुँदै हङकङबाट काठमाडौँ आएका थिए ।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा जाँच गर्दा उनीहरूले मलद्वार तथा भित्री बस्त्रभित्र प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा ८ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकको र्यापसहित पदार्थको तौल २ केजी ३ सय ४८ ग्राम छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्