यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज दिनभरिमा २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ६८ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ५६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्