काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी गरेका केही शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । आज बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदहरूको आपत्तिपछि सभामुखले यादवले बोलेका शब्दहरू हटाउन निर्देशन दिएका हुन् ।
निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरु प्रतिनिधिसभा नियमावली, २०७३ को नियम १ को खण्ड ङ विपरीत भएकाले संसदको रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।
आजको बैठकमा एमालेका प्रमुख सचेत विशाल भट्टराईले ती ‘असंसदीय’ शब्दहरू रेकर्डबाट हटाउन हिजै माग गरेको भए पनि सभामुखले ‘मेरो ध्यानाकर्षण भयो’ मात्रै भनेको तर नहटाएको भन्दै विरोध जनाएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्