काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरेको दाबी गरेका छन् ।
भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएको जनाएका छन् । विवाद समाधान प्रतिवेदन आज अपराह्न ५ बजे सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी भएको छ ।
बारा, सप्तरीलगायत छ जिल्लासहित एक सय वडामा रहेको क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवादकै कारण पटकरपटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९१३ गतेसम्म गर्ने तय भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्