Skip to content

नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

नेता चयन गर्न बिहान ११ बजे आज संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । एमालेबाट फुटेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद् रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्