मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयले निकाल्यो विज्ञप्ति : विज्ञप्ति सहित

Ad
  • कालोपाटी सम्बाददाता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालएले आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी मित्ररास्ट्र देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला जलाएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

दार्चुला घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

हेर्नुहोस विज्ञप्ति :

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्