पार्टी बिभाजन भएको छैन , काँचुली मात्रै फेरिएको हो : विष्णु पौडेल (भिडियो सहित )

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभएको दावी गरेका छन् ।

बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजनाको गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले समाजवादीको नाउमा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताएका हुन् । उहाले नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने बताउनुभयो ।

पौडेलले प्रतिपक्षमा रहे पनि नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरे । उनले एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आउनुपर्ने बताए । राष्ट्रहितमा राखेर मात्रै एमालेले आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।

उनले भूमिहिन,सुकुम्बासी,व्यवस्थित बसोबासीको समस्या समाधान गर्न एमालेको सरकारले नीति र विधि बनाएर काम अगाडि सारे पनि वर्तमान सरकारले त्यसलाई खारेज गरेर गलत निर्णय गरेको जिकिर गरे ।


 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्