गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा रविना थापाको उम्मेदवारी

Ad
  • कालोपाटी सम्बाददाता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा रविना थापाले उम्मेदवारी दिने घोषणा गरेकी छिन्  ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले प्यानलसहित संघको आगामी कार्यकाल २०२१–०२३ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्  । उम्मेद्वारी घोषणा गर्दै थापाले आफुले सवैलाई समेटेर अघि बढ्ने भन्दै सहयोग गर्न आग्रह गरिन् । बैदेशिक रोजगारमा गएका नेपालीको अवस्था सुधार गर्नेदेखि एनआरएनएमा सहभागी जनाउनेसम्मको कार्ययोजना पनि थापाले सार्वजनिक गरिन् । उहाले एकपटक सदस्य भएपछि केन्द्रमा भोट गर्ने अधिकार सवैलाई हुनुपर्ने धारणा राखेकी छिन् ।

थापा अमेरिका निवासी हुन् । उनले एनसीसी अमेरिकाको उपाध्यक्ष भएर समेत काम गरिसकेकी छिन्  । संघको दशौं सम्मेलन तथा नयाँ नेतृत्वका लागि निर्वाचन आगामी अक्टोबरमा हुँदैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्