डोटी । यहि कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ ।
नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो । नगरपालिकाका तर्फबाट रु एक लाख र नगरपालिकाका लेखा अधिकृत रतन माझीको व्यक्तिगततर्फबाट रु पाँच हजार गरी रु एक लाख पाँच हजार हस्तान्तरण गरिएको नगरप्रमुख जोशीले जानकारी दिनुभयो ।
यही कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर मन्धरीको मृत्यु भएको थियो । असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त नगरपालिकामा एक जनाको मृत्यु हुनाका साथै दर्जनौँ घरमा क्षति पुगेको थियो ।
बाढी र पहिराले सयौँ भौतिक संरचनामा क्षति पु¥याउनाका साथै हजारौँ रोपनी जमिन बगाएको थियो । नगरपालिका भित्र बाढी र पहिराले पु¥याएको क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको र राहतका लागि आवश्यक पहल पनि भइरहेको नगरपालिकाले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्