नेप्से परिसूचक १२.५३ अंकले वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.५३ अंकले वृद्धि भएको छ ।

केही दिन देखि निरन्तर रुपमा बढ्दै गएको नेप्से परिसूचक बिहिबार १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको बजार मापक सेन्सेटिभ इण्डेक्स ०.१० अंक र फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ । भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने बुधवारको तुलनामा केही घटेको छ । बुधबार ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको थियो ।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ । बाँकी १० उपसमूहको परिसूचक बढेको छ । आज सबै भन्दा बढी निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५६ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । आज पनि कारोबार रकमका आधारमा ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गर्दे हिमालयन डिष्टिलरी पहिलो स्थानमा रहेको छ । त्यस्तै, गोर्खाज फाइनान्सको २० करोड, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्