बारा । बारामा किसानले यसवर्ष रु तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् ।
उत्पादित धान व्यापारीले प्रति क्विन्टल रु दुई हजार ५०० का दरले खरिद गरेका छन् । अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए । यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए ।
बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्