काठमाडौं । प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा आइतबार हुने भएको छ । बैंकले साधारणसभासभामा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र कर तिर्न 0.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । सभाका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएकाले ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउने र सभामा भाग लिन पाउनेछन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्