जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व सङ्कलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताए । गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ ।
वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताए । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्