सिंह स्पोर्टस कमिटिले राष्ट्रिय स्तरको खेलको प्रतियोगिता आयोजना गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिले विभिन्न तीन खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ । स्पोर्टस कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी तीन खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

स्पोर्टस कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय फेन्सीङ, बक्सिङ र टेनके रोड रेस आयोजना गर्ने भएको छ । स्पोर्टस कमिटिले फागुन २१ देखि २३ सम्म वीर गणेशमान सिंह राष्ट्रिय फेन्सीङ आयोजना गर्ने छ । त्यसैगरी, आगामी बैशाख ६ देखि १० गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । तेस्रो प्रतियोगिताको रुपमा तेस्रो वीर गणेशमान सिंह टेनके रोड रेस वैशाख १७ मा आयोजना गर्ने स्पोर्टस कमिटिले जनाएको छ ।

रोड रेसमा ५ किलोमिटरको दौड पनि समावेश गरिएको वीर गणेशमान सिंह स्पोर्टस कमिटीका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए । फेन्सिङका लागि २५ लाख, बक्सिङका लागि ५० लाख र रोड रेसका लागि १५ लाख खर्च लाग्ने स्पोर्टस कमिटिले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्