उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

Ad
  • कालोपाटी सम्बाददाता

मोरङ । मोरङ व्यापार सङ्घले नेपाल सरकारसँग सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत्को नियमित आपूर्तिका लागि आग्रह गरेको छ । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत् सङ्कटका’ सम्बन्धमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि गरेको विद्युत् कटौतीका कारण उत्पादनमा ६० प्रतिशत कमी आएको जनाइएको छ ।

व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले औद्योगिक क्षेत्रमा यही चैत ८ गतेदेखि दैनिकरूपमा बेलुकीको समयमा विद्युत् कटौती गरेकाले उत्पदनमा कमीका साथै उद्योग बन्द गरी मजदुरलाई रोजगारीविहीन बनाउनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले उद्योगधन्दाबाट सरकारले प्राप्त गर्ने राजस्वमासमेत ह्रास आउनुका साथै बैंक तथा वित्तीय संस्थालाई ब्याज तथा साँवा बुझाउन नसक्ने अवस्था आएको धारणा राखे । औद्योगिक करिडोरमा दैनिक २०० मेघावाट विद्युत् आवश्यक रहेको छ ।

अध्यक्ष रिजालले विद्युत्सम्बन्धी समस्या समाधान नभएमा सम्पूर्ण उद्योग बन्द गरी सरकारलाई चाबी बुझाउन उद्यमी बाध्य हुने जानकारीसमेत दिए । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बेलुकीको समयमा दैनिक छ घण्टा विद्युत् कटौतीमा प्राधिकरणलाई सहयोग गर्ने बताउँदै मुलुकको अर्थतन्त्र जोगाउन यस क्षेत्रमा विद्युत्को नियमित व्यवस्था हुनुपर्नेमा जोड दिए ।

उद्योग सङ्गठनका पूर्वअध्यक्ष पवन शारडाले नेपाली उत्पादन श्रीलङ्का र बङ्गलादेश निर्यातमा विद्युत् कटौतीले बाधा उत्पन्न गर्नुका साथै उद्योगमा थप स्वदेशी लगानीमा समस्या आउने जनाए । परिसङ्घका अध्यक्ष भीम घिमिरेले मुलुकको समस्याग्रस्त अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा हुने विद्युत् कटौती अविलम्ब हटाउन आग्रह गरे । (रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्