मुक्तिनाथ विकास बैंकद्धारा विश्वविद्यालयलाई आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्न आर्थिक सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रे । मुक्तिनाथ विकास बैंकले काभ्रे स्थित काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट (IU Cubesats Satellite) निर्माण गर्नका लागि सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्य अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्ने क्रममा काठमाण्डौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईट (IU Cubesats Satellite) को निर्माण कार्यमा जुटेका हुन् ।  सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ साल सम्म गरिने छ । बैंकले काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई यसै आईयू क्यूबस्याटस् स्याटेलाईट (IU Cubesats Satellite) निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नेका लागि एक कार्यक्रम बीच सहयोगका लागि रु ७५,००० को (चेक) हस्तानतरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग श्री बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा काठमाण्डौं विश्वविद्यालय हाईस्कूलको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट आईयू क्यूबस्याटस् स्याटेलाईट (IU Cubesats Satellite) निर्माण गर्न जुटेका सबै विधार्थीहरु र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीहरुलाई समेत विज्ञान विषय प्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्