नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतवारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने कार्यतालिका प्रकाशित भएको हो । नयाँ नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर र निवर्तमान महासचिव सरोज सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । निर्वाचन कार्यतालिका प्रकाशित भएपनि भरसक शिर्ष तहमा सहमतीको प्रयास भइरहेको निर्वाचन अधिकृत प्रकाश रावलले बताए । उनले सर्वसम्मत नेतृत्व चयन नभएको अवस्थामा कार्यतालिका अनुसार मतदान प्रक्रिया आरम्भ हुने बताए ।

निवर्तमान महासचिव सरोज सिटौलाले महासंघको नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताए । सहमती नहुँदा लोकतान्त्रिक पद्धतीबाट चयन प्रक्रिया अगाडी बढ्ने बताए । नेपालको यातायात क्षेत्र विभिन्न संकटले ग्रस्त भएको अवस्थामा देशभरका यातायात व्यवसायीहरुको संरक्षण गर्नसक्ने नयाँ नेतृत्व आउनुपर्ने उनले बताए । निर्वाचन कार्यक्रमका लागि ललितपुरको गोदावरीमा देशभरका यातायात व्यवसायीहरु भेला भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्