कञ्चनपुर । भीमदत्त नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । केन्द्रका अनुसार ३४५ जनालाई परिवार नियोजन सेवा, २६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत झूल वितरण, ७८२ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ ।
लक्षित समूहअन्तर्गत आठ हजार ६६४ जनालाई कोरोनाविरुद्धको खोप , १५ महिना देखि १५ सम्मका एक हजार ४७८ बालबालिकालाई टाइफाइड विरुद्धको खोपलक्षित समूहका ७८२ बालबालिकालाई पोषणसम्बन्धी सेवा दिइएको केन्द्रले जनाएको छ । पाँच वर्षमुनिका तीन हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम सम्पन्न भएको ।