काठमाडौं । । सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सानिमा डबल धमाका मुद्दति खातामा ग्राहकले न्यूनतम ५ लाखको मुद्दति खोल्न सक्ने गरि सार्वजनिक गरेको हो ।
ग्राहकले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर सतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दति निक्षेप रकम परिपक्वतापश्चात दोब्बर भई भुक्तानी गरिनेछ। प्रतिफलमा लाग्ने कर रकम ग्राहक स्वयंले व्यहोर्नुपर्नेछ । व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले २ लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दति खाताहरुसमेत खोल्न सक्नेछन् ।