मुक्तिनाथ विकास बैंक र डेन्टलप्रो एन्ड इम्प्लान्ट क्लिनिकबीच सम्झौता, बैंक ग्राहकले विशेष छुट पाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौंको बालाजुस्थित डेन्टलप्रो एन्ड इम्प्लान्ट क्लिनिकबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन सँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त क्लिनिकमा विभिन्न सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेभएका छन् । यसका साथै बैंकले डिजिटल कारोबारर्लाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्