काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेस्टुरेन्ट एन्ड थकाली घरबीच सम्झौता भएको छ । बिशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर स्क्यान पे र महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले आँगन रेष्टुरेन्टका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेभएका छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।