काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले हामीले चाह्यौं भने यो वर्तमान सत्ता गठबन्धन एक हप्तामा ढल्ने बताएका हुन् ।
उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताएका छन् । साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताएका हुन् । ‘मैले भनेको मेरो कुरा होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेको हुँ’, ओलीले ग्रह दशा हेर्ने र राजनीति हेर्ने दुइथरी ज्योतिषी हुने भन्दै भने, ‘अहिले दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडी महासंकट उत्पन्न हुँदैछ भन्छन् ।’ उनले नभए प्रधानमन्त्रीको आफ्ना ज्योतिषीहरूलाई सोध्न पनि आग्रह गरे ।
गठबन्धनको हर्ताकर्ता भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका मतदातालाई तर्साएर हप्काएर यसरी भोट मागेको भन्दै उक्त घट्ना अत्यन्तै गलत, हानिकारक र अराजनीतिक भएको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्