काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३५.५३ अंकले घटेर २ हजार १३७.९२ बिन्दुमा पुगेको हो । मंगलबार कुल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकले गरेको छ ।
यस कम्पनीको ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्