Skip to content

आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

३ वर्ष अगाडि

काठमाडौं ।आइतबार सुनको मुल्य घटेको छ । शुक्रबार ९७ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार रहेको छ भने शुक्रबार यसको मुल्य ९७ हजार ५ सय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्