काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा पुगेको हो । कुल २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार माथिको सेयर कारोबार भएको छ ।
यस्तै शुक्रबारको सेयर बजारमा स्ट्यार्डड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्