अर्थमन्त्री शर्मालाई डा. लोहनी र केन्द्रीय सदस्य खतिवडाको सुझाव- ‘मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनुहोस्’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले क्रान्तिकारी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर सरकारी नैतिकतामा नयाँ क्रान्ति सुरू गर्ने बेला आएको टिप्पणी गरेका छन् । ट्वीटरमामार्फत प्रतिकृया दिंदै लोहनीले राजीनामा दिएर सरकारी नैतिकतामा नयाँ क्रान्ति सुरू गर्ने बेला आएको टिप्पणी गरेका हुन् ।

ट्वीटरमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मलाई लाग्छ कि अब हाम्रा ‘क्रान्तिकारी’ अर्थमन्त्रीले मन्त्रिपरिषदबाट राजीनामा दिएर सरकारी नैतिकतामा नयाँ ‘क्रान्ति’ सुरु गर्ने बेला आएको छ ।’ पूर्वमन्त्री लोहनीले ट्वीटमा अर्थमन्त्री शर्मालाई ‘श्री शर्मा’ भनेर लेख्दै १७ हजारभन्दा बढीको ज्यान लिने माओवादी विद्रोहका कमाण्डर रहेको पनि टिप्पणी गरेका छन् ।

यसैबीच ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै नभई देश नै बदनामीको बाटोमा अघि बढेको बताएका छन् । उनले लेखेका छन्, ‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो ।’ अर्थमन्त्री शर्मालाई अलिकति देशका बारेमा सोचिदिन उनले आग्रह गरेका छन् । ‘मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनुहोस्’, उनले अगाडि लेखेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्