चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने र कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्