काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोलियम पदार्थ अझै धेरै घाटा रहेकोले तत्काल मूल्य समायोजन नहुने भएको हो । प्रतिलिटर पेट्रोलमा १४.१९ रुपैयाँ र डिजेलमा २१.९२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
हवाई इन्धनमा भने निगम केही नाफामा छ । एलपी ग्यासमा ५८२.४२ रुपैयाँ ४२ पैसा घाटा छ । हाल प्रतिलिटर पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र हवाई इन्धन आन्तरिक १९० र हवाई इन्धन बाह्य १.६४५ डलर र प्रतिसिलिन्ड एलपी ग्यास १८०० रुपैयाँ रहेको छ । निगमले आईओसीलाई ३१ अर्ब २० करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्