आदर्श लघुवित्तको सेयर कारोबार खुला, कतिमा भयो पहिलो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार शुक्रबारदेखि खुल्ला भएको छ । शुक्रबार संस्थाको सेयर स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर प्रतिकित्ता २५६.८० रुपैयाँमा किनबेच भएको हो । सोही भाउलाई आधार मानेर लघुवित्तको नियमित कारोबार हुने भएको छ । ‘एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।

यो लघुवित्तको आईपीओ गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ, तर लगातार ३ दिन यो लघुवित्तको सेयर प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जमा किनबेच नहुँदा नियमित समयका लागि कारोबारमा आउन सकेको थिएन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्