शुक्रबार २७ दशमलव २६ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २७ दशमलव २६ अंकले घटेर २०१७ दशमलव ४६ बिन्दुमा पुगेको हो ।

कुल २१२ कम्पनीको ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै शुक्रबार सेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड २ हजार ४ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्