काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर २१११ दशमलव ९९ बिन्दुमा पुगेको हो ।
कुल २२७ कम्पनीको ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै बुधबार सेयर बजारमा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो ।
आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ९४ लाख ११ हजार ८ सय ८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।