काठमाडों । नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद सेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई हकप्रद सेयर दिने प्रस्ताव गरेको हो ? भन्ने प्रश्न राख्दै तीन दिनभित्र के कति कारणले त्यस्तो भएको हो भन्नेबारेमा जानकारी गराउन निर्देशन दिएको छ । सो कम्पनीले सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई शेयर मूल्यमा प्रभाव पारेको देखिन आएको जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्