जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएको सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् ।
अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । डा.राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी २ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताएका थिए । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्