काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७ दशमलव ६८ अंकले घटेर २१०६ दशमलव १५ बिन्दुमा पुगेको हो । कुल २१४ कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार माथिको सेयर कारोबार भएको छ ।
यस्तै सोमबार सेयर बजारमा जानकी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९ सय ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्