काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५ दशमलव ९१ अंकले घटेर २०५६ दशमलव ८८ बिन्दुमा पुगेको हो । बुधबार कुल २१८ कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार माथिको सेयर कारोबार भएको छ ।
बुधबारको सेयर बजारमा हिमालयन एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । आज सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्